• २०८२ आश्विन २९, बुधबार

हरिदेवी कोइरालालाई गण्डकी वाङ्मय पुरस्कार –२०८१

गण्डकी ।

गण्डकी साहित्य सङ्गमले लोकगायिका एवम् साहित्यकार हरिदेवी कोइरालालाई गण्डकी वाङ्मय पुरस्कार – २०८१ प्रदान गरिने घोषणा गरेको छ ।

साहित्यकार सुरज उपाध्याय संयोजक र साहित्यकारद्वय रघुनाथ अधिकारी र नारायण परिश्रमी सदस्य रहेको छनौट समितिले हरिदेवी कोइरालालाई पुरस्कार दिने निर्णय गरेको हो । सिफारिस गरे अनुरूप कोइरालालाई २०८१ को पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कार १६ औं गोकुल जयन्तीको अवसर पारेर आगामी जेठ १० गते विशेष समारोहका बिच पुरस्कार प्रदान गरिने छ ।