समाचार

काठमाडौं
लेखक महेशराज खरेलको नियात्राकृति ‘देश- विदेश’ सार्वजनिक गरिएको छ । काभ्रे खरेलथोकस्थित पलाञ्चोक भगवती मन्दिर परिसरमा आयोजित खरेल बन्धु भेला खरेल बन्धु थातथलो भ्रमणमा कृति सार्वजनिक गरिएको हो ।
आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललगायतले पुस्तक सार्वजनिक गरे । पुस्तक सार्वजनिक गर्दै खरेलले सिर्जना मानिसको मनबाट निसृत हुने एउटा अभूतपूव कला भएको बताए । उनले यो सबैमा नहुने उल्लेख गरे । उनले यो कला जोसित हुने भएकाले समाज र देशलाई केही दिने बताए ।
कृतिकार खरेलले आफूले देश तथा विदेशमा यात्रा गर्दाको अनुभूतिलाई संगालोको रूप दिएको बताए ।