• २०८२ आश्विन २७, सोमबार

राजनराज र मेलिनाको ‘खोली तिरैमा’ गीत सार्वजनिक

काठमाडौँ ।

सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक भएको छ । गीतमा गीतकार विनोद सुवेदीको शब्द छ ।

गीतको भिडियोमा रमेश विश्वकर्मा र करिश्मा केसीले अभिनय गरेका छन् । यी दुवै कलाकारको यो पहिलो सहकार्य हो । रमेश यसअघि धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने करिश्माको लागि यो डेब्यू भिडियो हो ।

दोलालघाटमा छायाङ्कन गरिएको भिडियोमा राजुजंग बस्नेतको निर्देशन र सम्पादन छ । भिडियोमा आभेश बज्राचार्यको छायाङ्कन, केबिका खत्रीको कोरियोग्राफी र कृष्णमान तामाङको कला निर्देशन छ । भिडियो विनोद सुवेदीको अफिसियल युट्युब च्यानल विनोद सुवेदीबाट सार्वजनिक गरिएको छ ।