• २०८२ आश्विन २८, मंगलवार

‘सुनौलो जून’ हाइकुसङ्ग्रह लोकार्पण

पूर्वाञ्चल हाइकु सङ्घ, कोसी प्रदेशले ‘सुनौलो जून’ सामुहिक हाइकुसङ्ग्रहको लोकार्पण गरेको छ । अग्रज सामाजिक तथा सांस्कृतिक व्यक्तित्व, वरिष्ठ साहित्यकार हर्कमान तामाङको प्रमुख आतिथ्यमा बेलबारी बहुमुखी क्याम्पसमा ‘सुनौलो जून’ को लोकार्पण गरिएको हो ।

उक्त कार्यक्रममा संविधान सभा सदस्य एवम् जनगायिका मधु गुरुङ, प्रेरणा परिषद् दार्जिलिङका अध्यक्ष मुक्तिनाथ शर्मा शोषित, बेलबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राई, सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, विराटनगर प्रज्ञाप्रतिष्ठानका सचिव दिनेश सुवेदी (दिङ्लाली कान्छो), लेखक तथा अनुसन्धाता केशु विरही, स्रष्टाहरू स् धनजीत पराजुली, दीप मङ्ग्राती, मुना मिश्र, यादव भट्टराई, नवराज नवशिला, राजु परियार लगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।