वसन्तवेला

साहित्यकार तथा २०७४ की मदन पुरस्कार विजेता डा. निलम कार्की निहारिकालाई नेपाल सरकारले योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गर्ने घोषणा गरेको छ । उक्त पुरस्कारको राशि एक लाख नेपाली रुपैयाँ रहेको छ ।
उनले योगमाया उपन्यासमा मदन पुरस्कार २०७४ मा प्राप्त गरेकी थिइन् । निहारिका अमेरिकामा रहेर निरन्तर साहित्य सेवामा समर्पित छिन् । यो पुरस्कार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसै वर्ष उनको अर्को ऐतिहासिक उपन्यास प्रकाशित हुँदैछ ।