समाचार

झापा ।
नेपाली भाषा, साहित्य र कलाको संरक्षणमा योगदान र्पुयाएको भन्दै भारतको सिलगढीका साहित्यकार ज्ञानेन्द्र खतिवडा र भद्रपुरका साहित्यकार विरही अधिकारीलाई तेराख महाकवि देवकोटा साहित्य पुरस्कार प्रदान गरिएको छ । साहित्यकार तेराख प्रतिष्ठानले आज मेचीनगरको धुलाबारीमा एक कार्यक्रमका बीच दुवै साहित्यकारलाई जनही रु ५१ हजार नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रममा भारतीय नेपाली साहित्यकार मिलन रुचालले सम्मानित साहित्यकारद्वय खतिवडा र विरहीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
प्रतिष्ठानले वातावरण संरक्षण र कृषिको आधुनिकीकरणमा योगदान र्पुयाउने बुद्धशान्ति गाउँपालिका–६ निवासी कृषिविज्ञ राजेन्द्र भट्टराईलाई रु २१ हजार नगदसहित मधुसुदन कृषि पुरस्कार प्रदान गरेको छ । धुलाबारी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत् छात्रा स्मृति लिम्बूलाई उदीयमान प्रतिभाका रूरुपमा रु २१ हजार नगदसहित पद्मादेवी छात्रा पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्यालले जानकारी दिए ।
यसैगरी, मेचीनगर–१५ ज्यामिरगढीस्थित सहिद वीरेन स्मृति प्रतिष्ठानले आजै एक समारोहबीच शिक्षा, पत्रकारिता र कृषि क्षेत्रमा विशिष्ट योगदान र्पुयाएको भन्दै क्रमशः भीम खवास, मोहनकाजी र चुण्डा हस्दालाई सम्मानित गरेको छ । प्रतिष्ठानबाट अभिनन्दित खवास शिक्षा, साहित्य र राजनीतिक क्षेत्रका अगुवा, ज्यामिरगढी माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक र धुलाबारी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुन् ।