काठमाडौं ।
“नेपाल साहित्य सम्मान,२०८१” साहित्यकार प्रतीक ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ । साङ्गीतिक मञ्च नेपालले नेपाली साहित्यको कुनै विधामा लामो समयदेखि निरन्तर कलम चलाई योगदान गर्ने स्रष्टालाई कार्यक्रम अन्तर्गत नेपाली साहित्यको नियात्रा र विशेष गरी हिमाली क्षेत्र लक्षित लेखनका माध्यमले नेपाली साहित्य त हिमालको परिचयलाई देश देशान्तर फैलाउन पुरयाएको योगदानको कदर गर्दै ढकाललाई सम्मान प्रदान गरिएको हो ।
“बुद्धवीर लामा तेह्रौं गीतिमय साङ्गीतिक साँझ २०८१, का कार्यक्रम प्रमुख बुध्दवीर लामा हस्ताक्षरित विज्ञप्तिमा सो जनाइएको छ । सो सम्मान ३ आश्विन २०८१ का दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने समेत जनाइएको छ । स्मरणीय छ, साहित्यकार प्रतीक ढकाल नियात्रा समाज नेपालका अध्यक्ष रहेका छन् र उनका हिमाली क्षेत्र केन्द्रित नियात्रा कृतिहरु प्रकाशित छन् । उनको पछिल्लो कृति “उज्यालो कर्णाली” वि. सं. २०७८ मा प्रकाशित भएको थियो ।