• २०८२ आश्विन २८, मंगलवार

गरिमा र रञ्जनको ‘के गरौं भन तिम्रो हुनलाई‘ सार्वजनिक

काठमाडौं ।

चर्चित गायक प्रमोद खरेल र गायिका अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको नयाँ नेपाली म्युजिक भिडियो के गरौ भन तिम्रो हुनलाई सार्वजनिक भएको छ ।

रोमान्टिक भर्सनको गीतलाई गीतकार किरण के। उप्रेतीले मन छुने शैलीमा प्रस्तुत गरेका छन् भने नबिन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजनले गीतलाई अझ सशक्त बनाएको छ । भिडियोमा कलाकार रञ्जन कोईराला र गरिमा शर्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका छन् भने विष्णु खड्काले सम्पादनमा कलात्मकता प्रस्तुत गरेका छन् ।

मुनाल शिशिर कोइरालाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।