हिन्दी गजल

बन तिमी समुद्र खोलानाला आफैँ जोडिन्छन्
उड तिमी आकाश खुट्टा तान्ने आफैँ छोडिन्छन्
राम्रो काम राम्रै नाम कामले बनाउँछ नाम
सुकर्म गर्नू सुवास छर्नू कर्मले दिन्छ दाम
बन तिमी कुसुम सारा मौरी आफैँ धुरिन्छन्
उड तिमी आकाश खुट्टा तान्ने आफैँ छोडिन्छन्
राम्रो विद्या राम्रै बुद्धि विद्याले बनाउँछ ज्ञानी
सुधर्म गर्नू प्रकाश छर्नू ज्ञानले हुन्न हानि
बन तिमी बिजुली सारा किरा आफैँ झुम्मिन्छन्
उड तिमी आकाश खुट्टा तान्ने आफैँ छोडिन्छन् ।
डम्बर बिकेल