• २०८२ कार्तिक २९, शनिबार

साहित्यकार अधिकारी विमलाको ‘बुबा’ शोककाव्यको लोकार्पण

काठमाडौँ ।

साहित्यकार अधिकारी विमलाको झ्याउरे छन्दमा लेखिएको ‘बुबा’ शोककाव्य लोकार्पण भएको छ । झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियान र काव्य घर नेपाल मिडिया प्रालिको संयुक्त आयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई र अन्य अतिथिहरूले सामुहिक रूपमा कृतिको लोकार्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिले व्यानर पढेर उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रा. डा. अञ्जना अवस्थी भट्टराई, जलेश्वरी श्रेष्ठ, प्रा. डा. रमेश शुभेच्छुक, डा. सीता सुवेदी पन्थी र गायक नरहरि प्रेमीको उपस्थिति रहेको थियो । गंगा खतिवडाले स्वागत मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रममा प्रा. डा. रमेश शुभेच्छुकले स्रष्टा परिचय दिएका थिए । प्रा. डा. सीता सुवेदी पन्थीले कृतिको समीक्षा गरेकी थिइन् ।

कार्यक्रममा झ्याउरे छन्दलय सिर्जना वाचन भएको छ । ललिता दोषी, रश्मि रिमाल, केशवराज पन्त, राममणि ढुङ्गेल, वासुदेव अधिकारी, पीपी कोइराला आदिले सिर्जना वाचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले झ्याउरे हाम्रो नेपाली मौलिक मुटुको ढुकढुकी भएकाले यसलाई विश्वमा लैजान सबैले योगदान गर्नुपर्नेमा जोड दिए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाले झ्याउरेलाई उठाउन गरेको अभियानको चर्चा गर्दै झ्याउरेलाई मुनामदनमा लिपिबद्ध गरेर नेपाली मौलिक लोक साहित्यमा योगदान र्पुयाएको बताए ।

उनले देवकोटापछि सुस्ताएको हाम्रो मौलिक धरोहर नेपाली मूलको लय झ्याउरेलाई पुनर्जागरण गरेर सबै बीच लोकप्रिय बनाउन रेणुका भट्टराई ‘मञ्जरी’ को भूमिका रहेको बताए । कार्यक्रममा देवी अधिकारी र कृतिकार अधिकारी विमलाले मन्तव्य राख्दै सबैलाई धन्यवाद प्रस्तुत गरेका थिए ।काव्य घर नेपाल मिडिया प्रा. लि. का संस्थापक अध्यक्ष राजकुमार खड्गाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता तथा काव्य घर नेपालकी अध्यक्ष रेणुका भट्टराईले गरेकी थिइन् ।

कार्यक्रममा गंगा कर्माचार्य, पेशलकुमार लुइटेल, चेवन बस्नेत ठूलाघरे, पदम दाहाल, कृष्णप्रसाद पौडेल, आल्फि फाक्लुपा, अमर अधिकारी, बलराम विष्ट, कृष्णप्रसाद पौडेल, कमला शाक्य ‘सृष्टि’, गौरी तिमल्सीना, जयराम विडारी, लेखनाथ सिकारु, प्रकाश ढुङ्गाना, प्रतिमा बोहोरा, रुबी सत्याल, विनोद अधिकारी, नारायण शर्मा फुयाल लगायतको उपस्थिति थियो । झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियान १० महिनादेखि अगाडि बढिरहेको छ । अभियानका विभिन्न श्रृङ्खलाका आयाम चलिरहेको छ । यसै बीचमा स्रष्टाले झ्याउरेलाई मन पराई कृति लेखनमा जुटिरहेका छन् ।