• २०८२ आश्विन २८, मंगलवार

प्रज्ञा–प्रतिष्ठानमा नेपालभाषाका नारी कविहरूका कवितामा भाषा र बिम्बको प्रयोगमाथि विमर्श सम्पन्न

काठमाडौँ ।

नेपाल प्रज्ञा-प्रतिष्ठान र गुञ्जन नारी साहित्यिक संस्थाको सहकार्यमा नेपालभाषाका नारी कविहरूका कवितामा भाषा र बिम्बको प्रयोग विषयक कार्यपत्र तथा कविता वाचन गरिएको थियो । उक्त कार्यक्रम प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा, कोश र व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिब)को अध्यक्षतामा सम्पन्न भएको थियो । कवि तथा समालोचक प्रतिसरा सायमिले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्रज्ञा-प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य डा. मधुसुदन गिरीले बिम्बविधानका बारेमा आफ्नो विचार राख्नुभएको थियो ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले गुञ्जन साहित्यको परिचय दिँदै स्वागत मन्तव्य राख्नुभएको थियो । गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठले धन्यवाद मनतव्य राख्नुभएको थियो । कार्यक्रममा ईश्वरीमैयाँ श्रेष्ठ, रीता (रितु) महर्जन, सिल्भिया राजोपाध्याय, रिता महर्जन, लक्ष्मी माली, शान्ता श्रेष्ठ, दिव्या ताम्राकार , विमला मानन्धर, रजनी मिला र हिसिलिना शाक्यलगायत १० जना कविले कविता वाचन गर्नुभएको थियो । वाचित कविताबारे प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य सुलोचना मानन्धरले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । कार्यक्रममा नेपालभाषा र नेपाली भाषाका समीक्षक, स्रष्टा र साहित्यिक अनुरागीहरूको बाक्लो उपस्थिति थियो ।