समाचार

काठमाडौं ।
शिवपुरी साहित्य समाज र शिवपुरी सन्देश साहित्यिक त्रैमासिकको आयोजनामा गुन्द्रुक मकै, भटमास कार्यक्रम सम्पन्न भएको छ । शिवपुरीको काखमा रहेको चण्डेश्वरी मन्दिर, टोखामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा साहित्यिका विभिन्न विधामा सक्रिय रुपमा कलम चलाउने छ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत समेत गरियो । यसरी सम्मान तथा पुरस्कार पाउनेमा शान्ति शर्मा (काठमाडौं), डा. बासुदेव खनाल (अर्घाखाँची), बिसुकुमार के. सी. (काठमाडौं), नवराज पुडासैंनी ज्योत्स्ना (काठमाडौं), प्रकाश बस्नेत गफाडी (काठमाडौं) र मिलन समिर (स्याङ्जा) रहेका छन् । कार्यक्रममा शिवपुरी सन्देशको १०७औं अंक सार्वजनिक गरिएको थियो ।