• २०८२ भाद्र २९, आईतवार

वरिष्ठ गीतकार राजेन्द्र थापालाई टाइम अचिभमेन्ट अवार्ड प्रदान

काठमाडौँ ।

गीतकार राजेन्द्र थापा ‘विन्ध्यवासिनी म्युजिक लाईफ टाइम अचिभमेन्ट अवार्ड २०८१’बाट सम्मानित भएका छन् । नगद एक लाख रुपियाँसहितको उक्त सम्मान उनलाई बिहीबार साँझ आयोजित १५ औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा दिइएको हो ।

विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अवार्डमा गायिका सङ्गीता शाक्यलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी संंगीत साधना सम्मान, गायिका निशा देसारलाई २५ हजार रुपियाँसहित प्रेमध्वज संगीत रत्न सम्मान, समारोहमा पत्रकार शारदा थापालाई २५ हजार रुपियाँसहित विन्ध्यवासिनी कलापत्रकारीता सम्मान र लोक गायक शिरीष देवकोटालाई २५ हजार रुपियाँसहित झलकमान लोकसंगीत सम्मानबाट सम्मानित गरियो ।

गायक दुर्गेश थापाले विशेष सम्मान पाएको कार्यक्रममा गीतसंगीतकार गायक, गायिकादेखि गीतकार र म्युजिक भिडियो निर्देशकसम्मले अवार्ड थपे ।