• २०८२ भाद्र २८, शनिबार

लोकमान मास्केको ‘आफ्नै जीवनी, आफ्नै लेखनी’ सार्वजानिक

खाँदबारी ।

खाँदबारीका स्थानीय तथा पूर्वकर्मचारी लोकमान मास्केको जीवनकथा ‘आफ्नै जीवनी आफ्नै लेखनी’ पुस्तक सार्वजनिक गरिएको छ ।संखुवासभाको सदरमुकाम खाँदबारीमा एक कार्यक्रमबिच जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाकी उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, साहित्यकार ताराबहादुर बुढाथोकी र हिमालय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पराजुलीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमख सुमन शाक्यले लामो समय सरकारी जागिरे जीवन बिताएका मास्केले खाँदबारीमा बिताएको बाल्यकाल, शिक्षा र जीवन भोगाइ आफ्नै मातृभूमिका कथाहरूलाई सिलसिलेवार रूपमा शब्दमा उनको बताए । कार्यक्रममा साहित्यकारद्वय ताराबहादुर बुढाथोकी र भरत कुलुङले पुस्तकबारे चर्चा गरेका थिए। पुस्तक निकै आकर्षक र राम्रो, लेखनशैली सिलसिलेवार रहेको बताउँदै पठनयोग्य रहेको बताए । पुस्तक पढिरहँदा खाँदबारी र आसपासका क्षेत्रहरूको बारेमा जानकारी प्राप्त हुने उनीहरूको भनाइ थियो ।

नेपाल विद्युत् प्राधिकरणमा उपनिर्देशक १२औँ तहबाट रिटायर्ड भएका मास्के स्थायी रूपमा ललितपुरमा बस्छन् । थुप्रै सम्मानहरूबाट सम्मानित भइसकेका मास्केले पुस्तकमार्फत खाँदबारीको बारेमा विभिन्न तथ्यहरूसमेत उजागार गरेका छन् ।  जागिरे जीवनको क्रममा विभिन्न ठाउँमा बसे पनि जीवनको उत्तरार्धमा बाल्यकाल बिताएको खाँदबारीमा नै आएर पुस्तक विमोचन गर्ने इच्छाअनुरूप कार्यक्रम गरेको लेखक मास्केले बताए । उनले आफ्नो इच्छा पूरा गर्नका लागि पुस्तक लेखेको बताउँदै लेखनको प्रेरणा श्रीमती शीला मास्केले दिएको बताए ।

सहारा प्रिन्ट कनेक्सन डिल्लीबजार काठमाडौंले प्रकाशन गरेको पुस्तकभित्र ९ वटा अध्याय र अनुसूचीहरू राखिएको छ । पुस्तक ६४८ पृष्ठको छ ।