• २०८२ कार्तिक १४, शुक्रबार

गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानद्वारा वसन्त काव्य गोष्ठी सम्पन्न

काठमाडौ ।

गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानको आयोजना र गोकर्णेश्वर नगरपालिकाको सौजन्यमा वसन्त काव्य गोष्ठी सम्पन्न गरिएको छ । कोशी फुडल्यान्ड आरूवारी काठमाडौमा आयोजित उक्त कार्यक्रममा नववर्ष २०८२ को शुभकामना आदानप्रदान एवम् वसन्त काव्य गोष्ठी र प्रतियोगितात्मक कवि गोष्ठी सम्पन्न गरिएको छ ।

कवि सिमरन कोइराला प्रथम ,योगेश उपाध्याय द्वितीय र स्वस्तिका ढकाल तृतीय भएका थिए ।सबै कविता छ्न्दका थिए । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष कवि शान्ति न्यौपाने रिसालले गरेकी थिइन् । प्रमुख अतिथि माननीय सांसद सन्तोष चालिसेको हातबाट विजयी कविहरूले प्रमाणपत्र सहित नगद १० हजार , ७ हजार र ५ हजार नगद राशि १५५ कर कटाएर प्राप्त गरेका थिए । मन्चमा विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, प्रा.डा. गोविन्दराज भट्टराई, गोविन्द घिमिरे वेदमणि, बाजुराम पौडेल, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, गार्गी शर्मा, गंगा पौडेल कर्माचार्य रहेका थिए ।

आमन्त्रित विशेष कविहरू राजेन्द्र शलभ, मुरारि सिग्देल, रन्जना निरौला, रामकुमार पण्डित, दिवाकर न्यौपाने, मेनुका पोखरेल, उषा केसी, लव खड्का, भवानी खतिवडा, अनिता कोइराला, अनिता पन्थी, ऋचा, घनश्याम प्रसाईं, सीता भट्टराई, रन्जु खनाल, द्वारिका कुइकेल, मधुसूदन पराजुली, भेषराज सापकोटा, सान्भी चालिसे, स्वर्णिमा चालिसे, किष्टोफर कार्की, आरोही रिसाल, पारश ढोली, अनिषा नेपाली, नारायण शर्मा फुयाल, मन्दिप रिसाल, शर्मिला तिमल्सिना लगायतले रचना वाचन गरेका थिए ।

३ घन्टा लामो कार्यक्रमको समापनमा अन्य आमन्त्रित कविहरूलाई प्रशंसा पत्र र बाटो खर्च पत्रम पुष्पम प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन कवि भवानी सापकोटा अर्यालले गरेकी थिइन् ।