वसन्तवेला

तुलसीपुर ।
पत्रकार तथा प्रगतिवादी समालोचक टीका बस्नेतको ‘माक्र्सवाद र सञ्चार’ पुस्तकको विमोचन भएको छ। प्रेस चौतारी नेपालको दशौँ अधिवेशनको अवसरमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पुस्तक विमोचन गर्नुभएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयमा अनुसन्धानरत बस्नेतको चौथो कृति ‘माक्र्सवाद र सञ्चार’ हो । यसअघि उहाँका ‘माक्र्सवाद र उत्तरआधुनिकतावाद’, ‘क्रोधित मनहरू’, र ‘मुक्तिका आवाज’ (दर्शन, मुक्तक र गजल सङ्ग्रह) प्रकाशित छन्। नेपाली भाषा-साहित्यमा दुई दर्जनभन्दा बढी अनुसन्धानमूलक आलेख प्रकाशन गरिसकेका बस्नेतले यस कृतिमा सञ्चार र माक्र्सवादको सम्बन्धबारे विशेष चर्चा गर्नुभएको छ ।
पुस्तकमा माक्र्सवादी विचारधारा, समाजवादको ढाँचा, द्वन्द्ववाद, वर्गसंघर्ष, क्रान्तिका चरणहरू तथा सञ्चार सिद्धान्त विषयलाई समेटिएको छ । सूचना प्रविधि युगमा माक्र्सवादी सञ्चार सिद्धान्तको सान्दर्भिकतालाई पुस्तकमा विश्लेषण गरिएको छ ।
पुस्तकको विमोचन गर्दै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पछिल्लो पुस्ता अध्ययन र लेखनका क्षेत्रमा चासो नदेखाइरहेको अवस्थामा बस्नेतको लेखनले युवा पुस्तालाई लेखनमा थप आकर्षित तुल्याउने बताउनुभयो । उहाँले पत्रकारहरू समाचार मात्र नभई दर्शनमा समेत अब्बल छन् भन्ने ‘माक्र्सवाद र सञ्चार’ पुस्तकबाट बस्नेतले पुष्टि गरेको बताउनुभयो । उहाँको यस कृतिले समसामयिक सन्दर्भमा माक्र्सवादी चिन्तनको महत्वलाई उजागर गर्ने विश्वास पनि पोखरेलले व्यक्त गर्नुभयो ।