समाचार

आफ्नो कथा भनूँ भने सुन्ने कोही छैन
सुने पनि मनको व्यथा बुझ्ने कोही छैन
माया बिरानी
रातैभरि आँसुले भिज्छ सिरानी
हात दिन्छु भन्नेबाटै धारेहात पाएँ
घाउ दुख्दा आफ्नै मान्छे नुन छर्की आए
आफ्नो दुस्ख भनूँ भने सुन्ने कोही छैन
सुने पनि मनमा राखी गुन्ने कोही छैन
माया बिरानी
रातैभरि आँसुले भिज्छ सिरानी
आफ्नै मान्छे खै किन हो आफ्नो रहेन
मुुटु दुख्दा मलम लाउने माया भएन
आफ्नो पीडा भनूँ भने सुन्ने कोही छैन
सुने पनि कष्ट बुझी सोच्ने कोही छैन
माया बिरानी
रातैभरि आँसुले भिज्छ सिरानी ।।
डम्बर बिकेल