समाचार

के
दिन्छौ
म ला ई
उ प हा र
रातो गुलाब ?
जस्को हत्या गर्दै
प्रेम प्रतीक भनी
भो भो चाहिन्न मलाई
कसैको जिन्दगी मासेर
कसरी बाँच्नु मैले हाँसेर ।
यदि दिन्छौ भने मलाई
अमिट त्यो प्रेम देऊ
जसभित्र म हाँसूं
निर्धक्कले बाँचूँ
त्यही प्रेममा
म हराउँ
बिलिन
भई
ल ।
आचार्य प्रभा