समलिंगीझैं एक अर्कासँग थुतुनो जोडेर महायान र बज्रयानका दुई सुन्दरीहरू यौनको अद्भूत मुद्रा प्रदर्शन गर्दै थिए र ऊ मन्त्रमुग्ध भएर उनीहरूको सन्मुख ठिङ्ग उभिरहेको थियो । निरन्तर हतार र हतासमा हुने ऊ मानो आज घोडाको काठी विक्रय- पश्चात निर्धक्क छ, र समय अचल भइरहेछ !
बौध्द- धर्मावलम्बीहरूको दशभूमि मध्ये पाँचौ र छैठौँ भूमिको विस्तरामा सुदर्जया र अभिमूर्तिको समागमको रसस्वादन गर्न व्यस्त उसलाई समय रोकिएको पनि पत्तै थिएन।
आतूरभाव जिज्ञासा माथि जिज्ञासा थप्दै थियो, “कहाँ छिन् उनी ?”
ऊ झस्किन्छ र भन्छ, “थाहा छैन ।”
व्यघ्रता अर्को प्रश्न गर्छ उसलाई, “गन्तव्य त एकै हो नि’ भनेको हैन ?”
“हो ! म उनको गन्तब्य पत्ता लगाउने छु ।”
“मीमांसा- शास्त्री प्रभाकर भट्टले पार लाउन नसकेको रहस्य भनेको हैन ?”
“ढुक्क भए हुन्छ म अवस्यै भेटाई दिनेछु उनीसँग ।”
उत्सुकता कहाँ कमी थियो र सोध्नलाई, “कहीँ छुट्टी मनाउन आइरहेछौ कि कसो, मधु सखाको निमन्त्रणामा मधुशालामा मधुमल्लिकाहरूसँग मधुमास मनाउन ?”
अलिकति संकोच र लज्जावती झारलाई हटाउँदै भन्छ ऊ, “हैन, त्यसो हैन । म उनीहरूलाई गन्तव्य सम्झाउन पर्खिरहेको थिएँ ।”
“अनि किन मौन त ?”
“धैर्य पनि त गर्नै पर्यो नि ! प्रेम- क्रिडामा व्यवधान पुराउनु महा-अनर्थ हुने छ ।”
“हतारो छैन ?”
“समय नै म हूँ ।”
कात्यायन, काठमाडौँ
[email protected]