• २०८२ भाद्र २८, शनिबार

रहेनन् साहित्यकार रामजीप्रसाद उपाध्याय पोखरेल

काठमाडौंँ

लेखक तथा साहित्यकार रामजीप्रसाद उपाध्याय पोखरेल (राप्रउ)को निधन भएको छ । ८२ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको हो । केहीदिनदेखि बिरामी भएर रामजीप्रसाद उपाध्यायलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा राप्रउको निधन भएको वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले बाह्रखरीलाई जानकारी दिए । राप्रउका श्रीमती, चार छोरी छन् । महोत्तरी घर भएका उनी काठमाडौंको सिफलमा बस्दै आइरहेका थिए । उनले अनुसन्धानात्मक लेखहरू लेखेका छन् ।