रम्बास कविता

काठमाडौं ।
शिवपुरी साहित्य समाजले विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । शिवपुरी समाजका अध्यक्ष विष्णुबहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । समाजले शिवपुरी गजल सम्मान –२०८१ बाट शान्ति शर्मा, काठमाडौं, मान शोभा प्रतिभा सम्मान –२०८१ बाट डा. बासुदेव खनाल, अर्घाखाँची, विष्ण-कृष्ण बुढाथोकी स्रष्टा सम्मान २०८१ बाट बिसुकुमार केसी काठमाडौंलाई सम्मान गर्ने भएको छ । यसैगरी विष्णु.पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार नवराज पुडासैनी ज्योत्स्ना, काठमाडौंलाई समर्पण गरिने छ ।
यसैगरी गौरी कार्की स्मृति मुक्तक सम्मान, २०८१ प्रकाश बस्नेत गफाडी,नरबहादुर भारती स्रष्टा सम्मान–२०८१ बाट मिलन समीर,स्याङ्जालाई सम्मान गरिने भएको छ । यी सम्मान तथा पुरस्कारहरु आगामी चैत्र ३ गते प्रदान गरिने छ । उक्त दिन शिवपुरी संदेश साहित्यिक त्रैमासिक र शिवपुरी साहित्य समाजको वार्षिकोत्सब कार्यक्रम तथा गुन्द्रुक, मकै, भटमास कार्यक्रमको आयोजना गरिने छ ।