• २०८२ आश्विन २७, सोमबार

आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता २०८१ मा दिपन अधिकारी प्रथम

काठमाडौं ।

साहित्यिक पत्रकार संघले आयोजना गरेको क्याम्पस स्तरीय प्रथम निबन्ध प्रतियोगिता  २०८१ नतिजा आज सार्वजनिक गरेको छ । संघले विश्वव्यापी खुल्ला आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता २०८१ मा दिपन अधिकारी प्रथम भएको घोषण गरिएको छ । उनको म नेपाली, मेरो नेपाल शीर्षकको निबन्ध रहेको छ ।

यसैगरी दोस्रो हुनेमा विपिन ढकाल र तेस्रोमा नीराजन ढकाल भएका छन् । विपिनको आँखाअघि देशको चित्र र निराजनको एक अँजुली माया देशको लागिू शीर्षकको निबन्ध रहेका छन् । सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । विजयी हुने प्रथमलाई नगद प्रथम रु ३०००० र दोश्रालाई रु. २०००० र र तेस्रालाई रु. १०००० सहित प्रमाणपत्र प्रदान गरिने व्यवस्था रहेको छ ।

अन्य सहभागी मध्ये उत्कृष्ट सात प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिने व्यवस्था रहेको छ । प्रतियोगिताको छनौट सिफारिस समितिमा वरिष्ठ समालोचकहरु प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की र डा. शान्तिमाया गिरी रहनु भएको थियो । निबन्धको विषय देशप्रेमबारे चेतना जगाउने खालको हुनुपर्ने जनाइएको थियो ।

प्रतियोगितामा समावेश उत्कृष्ट सात निबन्धहरुको सङ्ग्रह प्रकाशित गरिने भएको छ । उत्कृष्ट अन्य सात मध्ये सुनिता अधिकारी, प्रकाश नेपाली, खिना सारु र सुशील पौडेल रहेका छन् । पुरस्कारको लागि आर्थिक व्यवस्थापन समाजसेवी सपना राउत (अस्टिन, अमेरिका)ले गर्नु भएको छ ।