• २०८२ आश्विन ६, सोमबार

परशुराम साहित्य महोत्सव दोस्रो संस्करण फागुन २२ गतेदेखि

धनगढी  ।

डडेल्धुराको परशुराम नगरपालिका द्वारा आयोजित परशुराम साहित्य महोत्सवको दोस्रो संस्करण यही फागुन २२ र २३ गते परशुरामधाममा हुँदैछ । परशुराम नगरपालिकाले यो महोत्सवको दोस्रो संस्करण सञ्चालन गर्न लागेको हो ।

गृह मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा साहित्य महोत्सवको बिहीबार उद्घाटन गरिने छ । यस महोत्सवले सुदूरपश्चिम प्रदेशको साहित्यिक, सांस्कृतिक, आर्थिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्दै प्रदेशको समग्र सम्भावना र विकासको मार्गचित्र प्रस्तुत गर्ने उद्देश्य लिएको बताइएको छ ।

नगरप्रमुख भरत बडायर जोशीका अनुसारका प्रदेशको पहिचानलाई समृद्ध बनाउन यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ । साथै प्रसिद्ध धार्मिक स्थल परशुराम धामको प्रचारप्रसारसँगै विकासका लागि पनि यो महोत्सवको उद्देश्य रहेको छ । महोत्सवका मुख्य सत्रहरूमा साहित्यिक विमर्श, संस्कृति, इतिहास, पर्यटन, प्रविधि, राजनीति, शिक्षा र युवाका अवसरहरू समेटिएका छन् ।