समाचार
काठमाडौंँ ।
लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको दुई पुरस्कारको घोषणा गरेको छ ।
समाजको बिहीबार बसेको कार्यसमिति बैठकले ‘सावित्री केशर कथा पुरस्कार–२०८१’ अग्रज कथाकार ध्रुव सापकोटालाई र ‘बाटुली खिलध्वज लघुकथा पुरस्कार–२०८१’ लघुकथाकार किसन पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । कथाकार सापकोटाको उपन्यास र कथाकृति गरेर १)० वटा पुस्तक प्रकाशित छ । त्यस्तै, लघुकथाकार पौडेलका लघुकथा र गजलका कृति प्रकाशित छन् ।
