ज्योति साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्य र विशिष्ट अतिथि नरेन्द्रराज पौडेल तथा “चोभार ब्लुज” का रचनाकार विक्रमभक्त जोशीको समुपस्थितिमा साहित्यकार उषा आचार्य, राजबाबु श्रेष्ठ ‘सागर’, संगीता ठाकुर, रेणु घिमिरे, लक्ष्मी बडाल र सुष्मिता श्रेष्ठलाई भृकुटी मण्डप काठमाडौंमा एक समारोह बिच “साहित्य पदक”द्वारा सम्मानित गर्यो । उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन भयो । कार्यसमितिमा महासचिवमा उषा आचार्य र सचिवमा सुष्मिता श्रेष्ठका साथै सदस्यहरूमा जनार्दन अधिकारी धड्कन, राजबाबु श्रेष्ठ ‘सागर’, लक्ष्मी बडाल, संगीता ठाकुर तथा रेणु घिमिरे सर्वसम्मतिबाट निर्वाचित हुनुभयो ।
उक्त अवसरमा प्रमुख अतिथि शैलेन्द्र साकार, विशिष्ट अतिथि नरेन्द्रराज पौडेल र विक्रमभक्त श्रेष्ठ नवनिर्वाचित कर्यसमितिलाई बधाईदिनु भयो र मन्तव्य सहित सिर्जना वाचन गर्नु भयो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले समेत कवितावाचन गरी कार्यक्रममा आकर्षण थप्नु भयो । अध्यक्ष मणिराज सिंहले आगामी नोभेम्बर २५, २६ र २७ मा भारतको उत्तर प्रदेशको मेरठमा हुन लागेको भारत नेपाल साहित्य सम्मेलनमा संस्थालाई आमन्त्रण प्राप्त भएकोले इच्छुक सष्टाले केहीदिन भित्रै नाम टिपाउन अनुरोध गर्नु भयो ।