सत्यकथा

पाँचथर ।
पाँचथरका पत्रकार एवम् लेखक सन्देश सुब्बाको ‘सिवाको इतिहास’ नामक पुस्तक लोर्कापण गरिएको छ । फिदिम नगरपालिका-६ सिवामा सम्पन्न ‘सिवा कला साहित्य तथा खेलकुद महोत्सव’को सन्दर्भ पार्दै पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तकमा साविक सिवा गाविस हुँदै स्थानीय तह पुनः संरचना पछिको फिदिम नगरपालिका-६ को विगत वर्तमानलाई केलाइएको छ । ‘सिवाको इतिहास’ त्यहाँको शिक्षा, स्वास्थ्य, आर्थिक राजनीतिक, सामाजिक र इतिहास समेटिएका छन् । पुस्तक ७ खण्डमा विभाजित छ ।
कोशी प्रदेशका सांसद कमलप्रसाद जवेगूले पुस्तक लोकार्पण गरे । लेखक तथा अन्वेषक लक्ष्मण लावतीले पुस्तक माथि चर्चा गर्दै यहाँ समेटिएका विषय वस्तुले इतिहासको उजागर गर्नका साथै वर्तमान अवस्थालाई झल्काएको बताए । लेखक सुब्बा रेडियो नेपालको प्रादेशिक कार्यालय धनकुटामा कार्यरत छन् ।