समाचार

काठमाडौँ ।
वि. सं. २०६२ सालमा स्थापित “दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार” मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ । यसमा पुरस्कृत प्रतिभालाई रू ५०,००० र (अक्षरेपी पचास हजार रुपिया) राशी तथा अभिनन्दन पत्र प्रदान गरिने गरिन्छ । यो पुरस्कारबाट इतिहाकार ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य, इतिहासकार दिनेशराज पन्त, साहित्यकार डा. मोदनाथ प्रश्रित, शिक्षासेवी प्रा. डा. सुरेशराज शर्मा, राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र के.सी. लगायत डेढ दर्जनभन्दा बढी प्रतिभा सम्मानित भैसकेका छन् ।
स्मरणीय छ, गोरखामा वि. सं. १९६३ मा जन्मनुभएका विद्वान् शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी स्वर्गीय दण्डपाणि अज्र्याल इतिहास ,ज्योतिष शास्त्र र संस्कृतिका अध्येता हुनुहुन्थ्यो भने नन्दकुमारी उहाँकी धर्मपत्नी हुनुहुन्थ्यो । कोष संस्थापकमध्येबाट हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा दण्डपाणि अज्र्याल स्मृतिकेन्द्रका अध्यक्ष बरिष्ठ ई. ईश्वरचन्द्र बानियाको अध्यक्षतामा फागुन ११ गते बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको ब्यहोरा महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।