• २०८२ आश्विन २८, मंगलवार

‘नेपालमा हाब्रे’ पुस्तक सार्वजनिक

इलाम ।

हाब्रे (रेडपाण्डा) बारे जानकारी गराउने गरिको ुनेपालमा हाब्रेु नामक पुस्तक विमोचन गरिएको छ । गिरिराज बाँस्कोटाको सम्पादन रहेको उक्त पुस्तक इलाममा शनिबार विमोचन गरिएको हो । इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश वन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङ्फुरी शेर्पा, वन तथा भूमि विभागका उपनिर्देशक धनञ्जय रेग्मी सहितले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक रेड पाण्डा नेटवर्क र श्री दीपज्योति युवा क्लबले प्रकाशन गरेको हो । पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समाविष्ट छन् । पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्की, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सीताराम गुरागाईं, विप्लव भटराई, भीम चापागाईं, आनन्द गौतम, सरोज शर्मा, एलिना दियाली लगायतको लेख रहेको छ । पुस्तक रेड पाण्डाबारे नीति निर्माण र संरक्षणका लागि महत्वपूर्ण हुने अपेक्षा राखिएको छ ।