कविता

काठमाडौँ ।
राजधानीको डालो रेस्टुराँमा साहित्यिक पत्रकार संघले गीतकार तथा शब्दपथकर्मी सुभाषचन्द्र पौडेल ‘भीमफेदीयाुद्वारा लिखित सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर रहेको गीत ‘सपनीमा नआऊ तिमी’ सार्वजनिक गरिउको छ । प्रा. डा. सुरेन्द्र केसी को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उहाँले उक्त गीतको थ्यग त्गदभ संस्करणको PLAY /BUTTON थिचेर लोकार्पण गर्नु भएको हो ।
लोकार्पणपछि सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले गीतकारले लेखेका शब्दहरूलाई सङ्गीतकार र गायकले मूर्त बनाउने काम गर्छ भनी सपनीमा नआऊ तिमी गीतकारले कुन उमेरमा लेखेका होलान् भन्ने जिज्ञासा व्यक्त गर्नु भयो । त्यसपछि उपस्थित साहित्यकारहरू किशोर पहाडी, ठाकुर शर्मा भण्डारी र युवराज मैनालीले लोकार्पित गीत सुनेर आ-आफूलाई परेको प्रभाव बारे प्रतिक्रिया व्यक्त गर्नु भयो ।
कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले सुभाषचन्द्र पौडेलले मनमुटुबाट गीत लेख्नु भएको कुरा ठोकुवा गर्नु भयो । हाल अस्ट्रेलियामा रहेका गीतकार भीमफेदीयाले प्रविधिमार्फत् यसरी आफ्नो अनुपस्थितिमा पनि गीत लोकार्पित भएकोमा खुशी व्यक्त गर्नु भयो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. के सीले अहिलेको प्रविधिको कारण यस्तो लोकार्पण कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । शब्दपथकर्मी मुरारि सिग्देलद्वारा सञ्चालित एक घण्टा समयावधिको उक्त कार्यक्रमको सम्पूर्ण छायाङ्कन अविरल साहित्य यात्राका रुद्र अधिकारीद्वारा गरिएको थियो ।