समाचार

साहित्यकार डा. ऋषि बस्ताकोटीको मुक्तकसंग्रह ‘विसंगत बस्ती’ लाई ‘हरि उत्कृष्ट प्रतिभा पुरस्कार-२०८०’ प्रदान गरिएको छ ।
नर्थ क्यारोलाइना, अमेरिकामा स्थानीय ५० पचासभन्दा बढी लब्ध प्रतिष्ठित तथा सहित्यप्रेमीहरूको भौतिक उपस्थिति र जुम प्रविधि मार्फत काठमाडौं, गोरखा, चितवन, क्यानाडा र अमेरिकाका विभिन्न शहरबाट हरि सांस्कृतिक केन्द्रका पदाधिकारी सहितका साहित्यानुरागीहरूको सहभागिता भएको समारोहमा डा. ऋषि बस्ताकोटीको ‘विसंगत बस्ती’ लाई ‘हरि उत्कृष्ट प्रतिभा पुरस्कार २०८०’ प्रदान गरिएको छ ।