• २०८१ माघ २७ आइतबार

जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’ उपन्यास विमोचन

काठमाडौँ ।

लेखक जयराम तिमल्सिनाको पहिलो उपन्यास ‘धीमहि’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्यकारहरू प्रा. डा. ज्ञानू पाण्डे, भुवनहरि सिग्देल, महेश पौड्याल र लेखकले कृति सार्वजनिक गरे ।

कार्यक्रममा प्रा. डा. पाण्डेले ‘धीमहि’ विचारप्रधान उपन्यास भएको बताइन् । जीवनका गहन दर्शन यो उपन्यासमा समेटिएको उनले उल्लेख गरिन् ।समीक्षक पौड्यालले जयरामको उपन्यास पहिलो भए पनि शक्तिशाली रहेको बताए । कार्यक्रममा लेखक तिमल्सिना र सिग्देलले पनि बोलेका थिए ।