तमिल को कविता

काठमाडौँ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा कवि तथा निबन्धकार गान्धीराज काफ्लेको छैठौं कृति सुस्वास्थ निबन्धसङ्ग्रह सार्वजनिक गरिएको छ । प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य-सचिव डा. तुलसीप्रसाद भट्टराई सभापति तथा प्राध्यापक डा. गोविन्दराज भट्टराई प्रमुख अतिथि हुनुभएको सो समारोहमा प्राध्यापक तथा जनसंख्याविद् बालकृष्ण मुहाबुङ, प्राध्यापक डा. ज्ञानु पाण्डे समेतले विमोचन गर्नुभएको उक्त कृतिका बारेमा बालकृष्ण मुहाबुङ र ज्ञानु पाण्डेले समीक्षा गर्नुभएको थियो । त्यसैगरी प्राध्यापक डा. कुमारप्रसाद कोइराला, एस्. पी कोइरालाले शुभकामना मन्तवय व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले साहित्यमा पनि स्वास्थ्यका साथसाथै अन्य पनि जोडिएर आउनुपर्छ र त्यसको शुरुवात भइरहेकोमा खुशी व्यक्त गर्नुभयो । आज विमोचित आफ्नो कृतिका बारेमा कृतिकार गान्धीराज काफ्लेले अनुभव व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभएको थियो । उक्त पुस्तक विमोचनको कार्यक्रम हरि गौतमले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा झन्डै पचासजना साहित्यकारहरूको उपस्थिति थियो ।