वसन्तवेला

काठमाडौं ।
प्रोफेसर डाक्टर हेमाङ्गमणि दीक्षितको पुस्तक ‘नाइन लाइभ्स’ सार्वजनिक भएको छ । ‘माइ इन्चान्टेड वान्स’ सब्टाइटलको पुस्तकमा उनले आफ्नो जीवनका महत्वपूर्ण क्षणलाई प्रस्तुत गरेका छन् ।
पुस्तकमा उनले जीवनका नौवटा घटनाक्रम लेखेका छन् । जसमा काठमाडौंबाट हिँडेर भारतको सिमाना र त्यसपछि रेल चढेर नैनी ताल पढ्न गएको विषय राखेका छन् ।
सानो उमेरमा भारत पढ्न गएदेखि काठमाडौं मेडिकल कलेजमा काम गरिरहेका बेलाको घटना पनि पुस्तकमा छ । डा. दीक्षितको पुस्तक नाइन लाइभ्सको प्रकाशक पुनम बस्नेत दीक्षित छन् । पुस्तकलाई सोपना प्रेसले प्रिन्ट गरेको छ ।