रम्बास कविता

काठमाडौँ ।
नेपाल प्रज्ञाप्रतिष्ठान पठन संस्कृतिको विकासका लागि नियमित पुस्तक प्रदर्शन भइरहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञाप्रतिष्ठानका पुस्तकहरू पाठकसमक्ष र्पुयाउँदै पठन संस्कृतिको विकासमा टेवा र्पुयाउन पुस्तक प्रदर्शनी राखेको बताए । प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू विक्रीका लागि राखिएको छ ।
‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञाप्रतिष्ठान’ भन्ने मन्त्रका साथ भएको उक्त प्रदर्शनीमा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको छ । समग्रमा हिमाल, पहाड, मधेस तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका कोशहरू प्रदर्शनीमा राखिएका छन् । यस प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० प्रतिशत र २०७१ साल यतादेखि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरूमा विशेष ४० प्रतिशत छुट दिइएको छ । शब्दकोशहरूमा १ प्रतिको २० प्रतिशत दर कम छुट रहेको छ ।
यस प्रदर्शनीस्थलमा २ हजार थानभन्दा बढी पुस्तक राखिएको छ। पुस्तक प्रदर्शनी २०८१ माघ २० गतेसम्म रहनेछ । प्रदर्शनीमा पुनस् प्रकाशन भएका अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र, जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नो उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्यशास्त्र ‘पेरी पोइएतिकेस’ लगायतका पुस्तकहरू राखिएको छ ।