• २०८१ माघ २७ आइतबार

कानुनकी विद्यार्थी  निसा पाण्डेको सामाजिक उपन्यास ‘निर्षा’ प्रकाशित

भक्तपुरको दधिकोटस्थित ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) मा बी.ए.एल्.एल्. बी. तेस्रो वर्षका विद्यार्थी निसा पाण्डे सामाजिक उपन्यास ‘निर्षा’ लिएर पाठक माझमा आएकी छिन् ।

उनको उपन्यासमा जातीय विभेदले निम्त्याएको पारिवारिक विखण्डन, राजनैतिक अस्थिरता र वैदेशिक रोजगारीको चित्रण गरिएको छ । सरल भाषामाा लेखिएको उपन्यास पठनीय छ । उपन्यासकार पाण्डेको यो पहिलो कृति हो । केएसएल कलेजमा निर्षाको विमोचन गरिएको हो ।

‘यस उपन्यासमा निसाले समाजका अत्यन्तै गम्भीर समस्याहरूको उठान गरेकी मात्र छैनन्, आफ्नो लेखनी मार्फत निरूपणको सत्प्रयास पनि गरेकी छन् ।’, कार्यक्रममा कलजेका कार्यकारी निर्देशक प्रा. डा. युवराज संग्रौलाले भने, ‘उनले अँध्यारोका बिचबाट आशाको ज्योति पनि प्रतिबिम्बित गराएकी छन् ।’ लेक्स एन्ड जुरिस पब्लिकेसन्स्ले प्रकाशन गरेको पुस्तकको मूल्य २५० रुपैयाँ राखिएको छ ।