कविता

त्रिवेणी साहित्य प्रतिष्ठानको आयोजनामा गैँडाकोट ,नवलपरासीमा भूमिका गैरे तिमिल्सिना द्वारा रचित निबुवा लघुकथासङ्ग्रह लोकार्पण गरिएको छ । त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष श्री इन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा, कार्यक्रमका प्रमुख अतिथि श्री गोविन्दराज विनोदी लगायत सभापति, समीक्षक, विशिष्ट अतिथिहरू र कृतिकारले लघुकथा गान बजाएर कृतिको सामूहिक विमोचन गर्नु भयो ।
हाम्रो लघुकथा केन्द्र, नेपालले प्रकाशन गरेको उक्त कृतिमा ५१ वटा लघुकथाहरू समावेश भएका छन् । समीक्षक श्रीजन लम्सालले विमोचत कृतिको समीक्षात्मक टिप्पणी गर्नु भएको थियो ।
विशिष्ट अतिथिहरू ऋषिप्रसाद लामिछाने (गोर्खा साहिलो ) र धर्मानन्द शर्मा पौडेल रहनु भएको सो कार्यक्रममा भीम प्रसाद शर्माले स्वागत मन्तव्य राख्नु भयो भने नारायण प्रसाद तिवारी र गोर्खे साहिलोले कृतिकारलाई शुभकामना दिनु भएको थियो । लेखकीय मन्तव्यमा कृतिकार गैरेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रम राधा कोइरालाले सञ्चालन गर्नु भएको थियो ।