• २०८१ माघ ९ बुधबार

साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल जगत्रदेवी साहित्य सम्मान-२०८१ बाट सम्मानित

वालिङ ।

साहित्यकार डाक्टर शैलेन्दुप्रकाश नेपाल जगत्रदेवी साहित्य सम्मान-२०८१ बाट सम्मानित हुनुभएको छ । स्याङ्जाको गल्याङमा भएको बृहत् काव्यगोष्ठीमा अधिकारीलाई सम्मान गरिएको हो । नेपाली भाषा-साहित्यको क्षेत्रमा र्पुयाएको योगदानको कदर गर्दै सम्मानित गरिएको जगत्रदेवी साहित्य सङ्गमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको अवसर पारेर जगत्रदेवी साहित्य सङ्गम, गल्याङले आयोजना गरेको काव्यगोष्ठीमा नेपाल सहित साहित्यकार अमरविक्रम अधिकारीलाई पनि सम्मान गरिएको थियो । गल्याङ नगरपालिका- ११ का अधिकारी हाल अमेरिकामा बस्दै आउनुभएको छ । काव्यगोष्ठीमा कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी, गजलकार डिल्लीराम भण्डारी, सुर्यप्रसाद डुम्रे, मिलन समिर लगायतका साहित्यकारले आ-आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।