• २०८१ माघ ९ बुधबार

अमर अधिकारी: व्यक्तित्व र कृतित्व पुस्तक सार्वजनिक

काठमाडौं ।

लेखक साहित्यकार अमर अधिकारीको जीवनीमा आधारित कृति ‘अमर अधिकारी व्यक्तित्व र कृतित्व’ एक कार्यक्रमकाबीच लोकार्पण भएको छ । पुस्तक डा. घनश्याम पुडासैनीले लेखेका हुन् ।

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसर पारेर सोमबार कार्यक्रममा प्रमुख अतिथि पूर्वसचिव तथा गीतकार डा. दामोदर रेग्मीले सरकारी सेवाको सिलसिलामा लेखक डा. पुडासैनी र पुस्तकका पात्र अधिकारीको चर्चा गर्दै सार्वजनिक पुस्तक संग्र्रहयोग्य रहेको बताए । उक्त अवसरमा ध्रुवराज खड्काले पुस्तकमाथि विवेचना गरे भने रामप्रसाद पन्त, डा. दामोदर पुडासैनी, डा. ऋषिराज खनाल, लेखक डा. पुडासैनी र अधिकारीले बोले ।