• २०८३ बैशाख ९, बुधबार

नारायण तिवारीको कथासङ्ग्रह ‘जङ्गबहादुर पनि हाँस्छ ? सार्वजनिक

काठमाडौँ ।

शिखा बुक्सले कथाकार नारायण तिवारीको बाह्रौं कृति जङ्गबहादुर पनि हाँस्छ ? कथासङ्ग्रहको लोकार्पण गरेको छ । लोकप्रिय समालोचक प्रा. डा. दयाराम, श्यामल, नारायण ढकाल र समालोचक डा. ज्ञानु अधिकारीले सामुहिक रूपमा कृतिको लोकार्पण गरेका थिए । शिखा बुक्सका कार्यकारी निर्देशक पुष्पराज पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कथाकार नारायण तिवारीको यो बाह्रौं कृति हो । कथा लेखनका ऐतिहासिक पक्षबारे बोलेका थिए । कथाकार तिवारीका कथाहरू कथाकार जस्तै सरल तर गम्भीर हुने गरेको बताए । कथाकार तिवारीले कथाहरूमा साइबर कल्चर र विकृति, सामाजिक परम्परा र कुरीति, इतिहास तथा मिथकका रूपमा कथा लेखेको बताए । कार्यक्रममा डा. ज्ञानु अधिकारीले तिवारीका कथाहरू सरल र खारिएको हुने गरेको बताइन् । प्रत्येक कथा पूर्वी तराई विराटनगरसँग जोडिएको बताउँदै सीमान्तीकृत कथाहरूमा प्रायः महिला पात्रहरूको कथा हुने गरेकोमा तिवारीका कथाहरूमा पुरुष पात्रका कथाहरू भएको बताइन् ।

सरल विषयवस्तुलाई पनि गम्भीर रूपमा प्रस्तुत गरेर आफूले भोगेका कुरा अरूले भोगेको र अरूले भोगेको कुरा आफूले भोगेको जस्तो लाग्ने गरेको बताइन् । त्यसैगरी कवि श्यामलले कथाकार जस्तै कथाहरू पनि सरल र सुललित भएको बताए । कथाको गति अविरल बगेको बताउँदै उनले कथाको गद्य प्रभावकारी भएको बताए । कथाको विषयवस्तु, संरचना, चरित्र चित्रण र कथाको समग्र भाषा, प्रस्तुति शैली बिलकुल नौलो भएको बताउँदै उनले हामीले सामना गरेका समस्याहरू कथामा प्रस्तुत भएको बताए । परम्परागत संरचनाभन्दा फरक रहेको र मैथिली भाषा राम्रोसँग प्रयोग भएको बताए । त्यस्तै कथाकार नारायण ढकालले सरलतामा गम्भीरता तिवारीको कथाको वैशिष्टय भएको बताए ।