• २०८१ माघ २ बुधबार

अनिश पाण्डेको ‘तिमी छौ र पो म छु’ सार्वजनिक

काठमाडौँ ।

बेलायतलाई कर्मथलो बनाएका गायक अनिश पाण्डेले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गायक अनिश पाण्डेले शनिबार ‘तिमी छौ र पो म छु’ नामक म्युजिक भिडियो आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

यो भावनात्मक युगल गीतमा गायक अनिश पाण्डे र प्रसिद्ध राष्ट्रिय गायक रूपक डोटेलको आवाज रहेको छ । गीतका शब्द र संगीत पाण्डेकै सिर्जना हुन् भने गीतको एरेञ्ज सञ्जीव बराइलीले गरेका छन् । भिडियोलाई यूकेका रमणीय स्थानहरू- ह्विट्बी एबे, माम टोर, र डनकास्टर- मा खिचिएका दृश्यहरूसहित प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोलाई यूकेमा आधारित महिला कलाकार निशु पौडेलले विशेष भूमिकामा प्रस्तुत गरेकी छन् । यस गीतलाई इञ्जिनियर मदन रेन म्याडीद्वारा स्ट्यानवेल स्टुडियो, लण्डनमा रेकर्ड गरिएको हो । मिक्सिङ र मास्टरिङ सश्वत श्रेष्ठद्वारा गरिएको छ, जबकि भिडियोलाई मनोज कार्कीले सम्पादन र रंग सम्पादन गरेका छन् । गीतको निर्देशन बेलायतका चर्चित सिनेमाटोग्राफर सुमन श्रेष्ठले गरेका छन् ।

यसअघि गायक पाण्डेले आफ्नो मधुर आवाज र अञ्जु पन्त लगायत चर्चित कलाकारहरूसँगका सहकार्यका लागि परिचित छन् । गायक पाण्डेले ‘सुस्टारी’ बोलको डुएट गीत राष्ट्रिय गायिका अञ्जु पन्तसँग गाएका थिए। गायक पाण्डेले जततउकस्ररथयगतग।दभरश्त्रिम्भःभ्द्दघ(न वेलायतमै बसेर आधा दर्जनभन्दा बढी गीत श्रोतासम्म र्पुयाइसकेका छन्  ।