काठमाडौँ ।
राजु स्याङ्तानको कविता संग्रह ’ओ पेङ्दोर्जे’ ले यस वर्षको पहिचान पुरस्कार पाएको छ । पहिचान पुरस्कार कोषका बोर्ड अध्यक्ष सुवास राईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्तानको कविता संग्रह ’ओ पेङ्दोर्जे’ लाई ०८०/८१ को पहिचान पुरस्कार दिने निर्णय गरेको जानकारी दिएका छन् । पुरस्कारको राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ ।