कविता

सिर्जना अभियान समाजको संयोजकत्वमा मनिषकुमार शर्मा ‘समित’ को ‘अर्धशताब्दी’ लघुकथासंग्रह सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाजका सभापति ध्रुव मधिकर्र्मीको सभापतित्वमा सार्वजनिक गरिुउको थियो । लेखकले आफ्नो अर्धशताब्दी उमेर यानि पचासौं वार्षिकोत्सवको अवसरमा तेश्रो कृति प्रकाशित गरेका हुन् । सो कार्यक्रम हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता के.सी., वरिष्ठ समीक्षकद्वय धीरकुमार श्रेष्ठ र दीपक लोहनीका साथै सुनिता निरौला पौडेल, मन्दिरा चापागाईँ, मनिषकुमार शर्मा समितका आमा र श्रीमतीको उपस्थितिमा संयुक्तरुपमा विमा्चन गरिएको थियो । कार्यक्रममा डा हिमलाल श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो ।
उक्त कार्यक्रममा धीरकुमार श्रेष्ठले कथाकार मनिषकुमारका लघुकथाहरूमा देशको परिवेशसँग मेल खाने चरित्र, घटना र अवस्था रहेको चर्चा गर्नु भएको थियो । विसँगत राजनैतिक परिस्थिति लगायत आमसमाजमा घटिरहेका घटनाहरू बारे विस्तृत भनाई राख्नु भएको थियो । अर्का समीक्षक दीपक लोहनीले आजको लघुकथा लेखक वा पाठकले भोग्नु परेको वातावरणबारे क्षोभ प्रकट गर्नु भयो । लघुकथा स्वतन्त्र हुनुपर्नेमा कुनै व्यक्तिविशेषले बनाएको सिद्धान्त वरपरमात्र घुमेको भए तापनि मनिषकुमार शर्माका लघुकथाहरूले केही क्लिष्टता बोकेर पनि स्तरीयता कायम राखेकोमा सन्तुष्टि प्रकट गर्नु भयो । मन्दिरा चापागाईँको आकर्षक उदघोषण उक्त कार्यक्रमको अर्को आकर्षण थियो । अन्त्यमा कृतिकारज्यूको छोटो मन्तव्यकासाथै मायाको चिनो वितरण गरेपश्चात् समापन गरिएको थियो ।
कार्यक्रममा साहित्यकारहरू श्याम श्रेष्ठ, कात्यायन मिश्र, अन्जीला निलु, अश्विन कोइराला, वीरेन मालाकार, सहयात्री, मुक्ता शर्मा, अम्बिका धिताल, मिसु श्रेष्ठ थपलिया, गुरु नारायणप्रसाद शर्मा, दिव्य गिरी, ध्रुवराज थापा पुरुष, ध्रुवनारायण जोन्छेँ, रेणुका भटृराई, विमल ताम्राकार, इन्दिरा चापागाईँ, मन्दिरा मधुश्री, सुनिता निरौला पौडेल, ललिता दोषी, प्रार्थना खनाल जोशी, सानुराजा अञ्जान आदिको बाक्लो उपस्थिति रहेको थियो ।