• २०८१ चैत ६ बिहीबार

नयाँ वर्ष

विश्वविमोहन श्रेष्ठ

विश्वविमोहन श्रेष्ठ

वर्ष नयाँ
हर्ष नयाँ
जोस, जाँगर र उमङ्ग नयाँ
शिल्प नयाँ
शैली नयाँ
बिम्ब, प्रतीक र मिथक नयाँ
गीत नयाँ
रीत नयाँ
शीत, मीत र प्रीत नयाँ
साज नयाँ
बाज नयाँ
रङ्ग रोगन र यौवन नयाँ
चाल नयाँ
माल नयाँ
फूल भूल  र हूल नयाँ
नयाँ नयाँ सबै नयाँ
मन नयाँ
तन नयाँ
धन, जन र पन नयाँ
उतार नयाँ
चढाव नयाँ
घुमाइ, फिराइ र गहिराइ नयाँ
सपना नयाँ
बिपना नयाँ
बाटो, माटो र पाटो नयाँ
नयाँ नयाँ सबै नयाँ
वर्ष नयाँ
हर्ष नयाँ
जोस, जाँगर र उमङ्ग नयाँ


विश्वविमोहन श्रेष्ठ