• २०८१ माघ २ बुधबार

बा

गिरिधारी उपाध्याय

गिरिधारी उपाध्याय


सँधै
गम्भीर
भाव मुर्ति
शान्त प्रवृत्ति
मुटु भित्र गाँठो
चिन्ताशील मुहार
ओठमा मृदु मुस्कान
असाधारण कर्म योगी
हजार मानव निर्माता ती
अन्नदाता भाग्यविधाता
आँसु लुकाएर हाँस्ने
खानलाई नबाँच्ने
बाँच्नलाई खाने
अभिभावक
सदाचारी
साधक
बनेँ
ऊ।


गिरिधारी उपाध्याय
गेलापोखरी, विश्वनाथ असम