काठमाडौँ ।
टेक बिसीको स्वर रहेको गीत ‘तिम्रै दर्शन’ सार्वजनिक भएको छ । टेकलाई अस्मिता जुरेलीले स्वरमा साथ दिएकी छन् । हरिभक्त बुढाथोकीको शब्द, भीम बिसीको सङ्गीत, रिकेश गुरुङको एरेञ्ज रहेको गीतमा छ । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा आफूले माया गरेको मान्छेको दर्शन नमिल्दा पिर लाग्ने बताइएको छ ।
गीतको भिडियोमा अस्मिता जुरेली र सुन्दर घलानको अभिनय छ । प्रकाश खड्का र टिमको छायाङ्कन रहेको गीत मीन रावलको सम्पादन छ ।