समाचार

पप ब्यान्ड वन डाइरेक्सनसँग आवद्ध चर्चित गायक लियाम पेनको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा निधन भएको छ । पप ब्यान्ड वन डाइरेक्सनसँग आवद्ध चर्चित गायक लियाम पेनको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा निधन भएको छ । होटलको तेस्रो तलाबाट खसेर ३१ वर्षका लियामको बुधबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको जन्म सन् १९९३ मा बेलायतमा भएको थियो ।
लियाम पेनको मृत्युको खबर फैलिने बित्तिकै उनका धेरै फ्यानहरू होटल बाहिर भेला भएका थिए । जसका कारण प्रहरीले घटनास्थल घेराबन्दी गर्नुपरेको थियो । ब्युनस आयर्स प्रहरीका अनुसार घटनास्थलमा रहेका प्रहरी अधिकारीहरूले गरेको प्रारम्भिक अनुसन्धानले लियाम पेन सम्भवतः लागूपदार्थ र मदिराको प्रभावमा रहेको देखाएको छ । आपतकालीन चिकित्सा सेवाका निर्देशक अल्बर्टो क्रिसेन्टीले पेनलाई गम्भीर चोट लागेको र पोस्टमार्टम गरिने कुरा स्थानीय मिडियालाई बताएका छन् ।
पेन लोकप्रिय ब्वाइ ब्यान्ड वन डाइरेक्सनको पूर्व-सदस्यको रूपमा परिचित छन्, जुन सन् २०१० मा द एक्स फ्याक्टरमा गठन भएको थियो । ह्यारी स्टाइल्स, लुइस टमलिन्सन, नियाल होरान र जेन मलिक जस्ता कलाकारहरू पनि यस समूहसँग जोडिएका छन् । यस ब्यान्डले २०११ मा अप अल नाइट र २०१५ मा मेड इन द एएमसहित पाँच वटा एल्बमहरू रिलिज गरेको थियो ।
सन् २०१५ मा ब्यान्ड विभाजित भएपछि, पेनले एकल करियर शुरू गरे र २०१७ मा स्ट्रिप द डाउन गीत रिलिज गरे । उनले २०१० मा एल्बम एलपीवन पनि जारी गरे । यस महिनाको शुरूमा, पेनले आफ्नो पूर्व वन डिरेक्सन ब्यान्डका नियाल होरानको अर्जेन्टिना कन्सर्टमा पनि भाग लिएका थिए ।