• २०८२ असार २९ आइतबार

कात्यायनका दुई सूत्र-कथा

कात्यायन

कात्यायन

सूत्र-कथा: युद्ध र सृजना

उनीहरूले युध्दको आह्वान गरे ।
हामीले स्विकार्यौँ- ल हुन्छ युध्द गरौँ !
घेराबन्दी गरे । हामी अडिग थियौँ माझमा ।
उनीहरूले सहस्र अप-तर्कका क्षेपास्त्रहरू प्रक्षेपण गरे ।
हामी मौन रह्यौँ !
-तर्कास्त्र सकियो’रे ! ।।।
-तर युध्द सकिएको छैन १ अब हामी युध्द शुरु गर्नेछौँ  !।।।
-वैचारिक विविधताको अस्त्र चलाउनेछौँ  !
– सृजना गर्नेछौँ !

सूत्रकथा: कोखामा दाँत

एक अपरिचित आएर मलाई उत्सुकता देखायो, खै, तँपाईँको कोखा देखाउनु त !
निशङ्कोच मैले कोखा उघारेँ ।
उसले भन्यो, ए, दाँत रहेनछ त !
ऊ गयो ।
म अलमल्ल परेँ । सोचेँ । अब तपाईँहरू भन्नू त, कोखामा दाँत ककस्को हुने गर्छ ?
-घर(परिवारको रु
-आफन्त, इष्टमित्रको रु
-छरछिमेक या चिनेजानेकाको रु
-साथी- संगिनीको ?
-प्रेमी- प्रेमिकाको ?
-कि आत्मियताको ?
-कि विश्वासपात्रको ?
-।।। ।।। ।।। ???
-कि वर्तमान राजनीति कर्मीको ?


कात्यायन
चाबहिल, काठमाडौं