• २०८१ चैत ७ शुक्रबार

अन्ततः

आस्कर वाइल्ड

आस्कर वाइल्ड

अन्ततः मानिसले
मारी नै दिन्छ त्यसलाई, जसलाई ऊ माया गर्छ
केहीले छड्के आँखाले मार्छन्
केहीले चाकडीका शब्दहरूले
काँथरहरू यो काम चुम्बनद्वारा गर्छन्
र बहादुरले खुकुरीद्वारा ।

केहीले जवानी मै आफनो प्रेमको हत्या गर्छन्
र केहीले वृद्धावस्थासम्म पुग्दा
केही वासनाले वसिभुत भएर घाँटी निमोठ्छन्
केहीले आफनो सम्पन्नताद्वारा
सबैभन्दा दयालु मान्छे चक्कुप्रयोग गर्छ
किनकि यसले मान्छे छिटै मर्छ ।

केही मानिसहरु छोटो समयका लागिमात्र प्रेम गर्छन्
केही अलिक लामो समयसम्म
केही बिक्रि गर्छन्, केही किन्ने गर्छन्
केही मानिस आँशु बगाएर यो काम गर्छन्
र कोहीले ‘आह’ सम्म पनि नगरिकनै
आखिर हरेक मानिसले
त्यसलाई मारिदिन्छ, जसलाई ऊ माया गर्छ
तथापि हरेक मानिस यसबाट मरी नै हाल्दैन ।

अनुवाद: राजेन्द्र शलभ