म
चु प
र ह न्छु
हेर्छु सुन्छु
जित्छु नबोली
रोज्छु म मौनता
खोज्छु बाँच्नुको अर्थ
संवेगात्मक भावमा
लाक्षणिक, आलङ्कारिक
बगाउँदिनँ भल बोलीको
खोज्छु शक्ति म मौनतामा
चुपचाप नियाँल्दछु
मौनतामै स्वीकृति
मौनमै विरोध
अविचलित
अविच्छिन्न
शान्तिको
दू त
भै ।
गीताश्री शर्मा