• २०८२ आश्विन २७, सोमबार

डा. पुडासैनीको कवितासंग्रह ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ प्रकाशित

काठमाडौं ।

कवि र नियात्राकार डा. दामोदर पुडासैनी ‘किशोर’को नयाँ कवितासंग्रह ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ प्रकाशित भएको छ । कवि पुडासैनीका ५३ वटा कविताहरू यस कृतिमा समेटिएका छन्, जुन उनले सन् २०२३ मे देखि जुलाईसम्म गरी तीन महिनामा लेखेको बताएका छन् ।

यसका कविताहरू अमेरिकी भावभूमि, मिथक र बिम्वमा आधारित वैज्ञानिक विकासको उपलब्धि समेटेर लेखिएको कविको भनाइ छ । यस कविताकृतिलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।